नियम ४३
व्यवस्थापन समिति
(१) सरकारी वकील कार्यालयको संस्थागत सुदृढीकरण गर्न तथा नीतिगत विषयमा निर्णय लिनका लागि देहाय बमोजिमको एक व्यवस्थापन समिति रहनेछः-
(क) महान्यायाधिवक्ता -अध्यक्ष (ख) बिभागीय प्रमुखहरू -सदस्य (ग) प्रशासन हेर्ने सहन्यायाधिवक्ता -सदस्य-सचिव (२) व्यवस्थापन समितिको बैठक आवश्यकता अनुसार बस्नेछ ।
(३) महान्यायाधिवक्ताको पद रिक्त भएको वा कुनै कारणले लामो समयसम्म महान्यायाधिवक्ता कार्यालयमा अनुपस्थित भएको अवस्थामा व्यवस्थापन समितिका अन्य सदस्यहरू मात्र उपस्थित भई व्यवस्थापन समितिको बैठक बसी निर्णय गर्न सकिनेछ ।
(४) व्यवस्थापन समितिले आव्रश्यकता अनुसार कुनै सरकारी वकील, विज्ञ वा कर्मचारीलाई बैठकमा आमन्त्रण गर्न सक्नेछ ।
(५) व्यवस्थापन समितिको बैठक सम्बन्धी अन्य कार्यविधि सो समिति आफैंले निर्धारण गरे बमोजिम हुनेछ ।